मकवानपुरको भीमफेदीमा आइसोलेसन वार्ड सञ्चालन

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाले आइसोलेसन वार्ड सञ्चालनमा ल्याएको छ । कोरोना संक्रमितको संख्यामा वृद्धी भएसँगै गाउँपालिकाले महेन्द्र माध्यमिक विद्यालयलाई आइसोलेसनको रुपमा सञ्चालनमा ल्याएको हो ।
आगामी दिनहरुमा थपिएका कोरोना संक्रमितहरुलाई भीमफेदीमै राखेर उपचार गरिने गाउँपालिकाका स्वास्थ्य संयोजक राम नाम थिङ्गले जानकारी दिएका छन् । उक्त आइसोलेसमा १० संक्रमित राख्ने क्षमता रहेको जनाइएको छ ।
भीमफेदी गाउँपालिकामा हालसम्म १५ जनामा कोरोना पुष्टि भएको छ । उक्त संक्रमितहरु मध्ये ९ जना संक्रमणमुक्त भई डिस्चार्ज भइसकेको थिङले बताए ।
यसैगरि बाँकी ६ जना गौरिटार आइसोलेसनमा उपचाररत रहेका छन् ।