कोरोना संक्रमणबाट विदेशमा तीन नेपालीको मृत्यु

काठमाडौ । कोरोना संक्रमणबाट विदेशमा रहेका थप तीन जना नेपालीको मृत्यु भएको छ ।
गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिवार साँझसम्म विदेशमा मात्र १६ देशमा एक सय ९५ जना नेपालीहरुको निधन भएको हो ।
समितिका अनुसार यो साता बेलायतमा एक जना र युएईमा दुुई जनाको मृत्यु भएको हो ।
हालसम्म विश्वका ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् ।