कालिकोटको नाग्ममा पहिरोः एकको मृत्यु, ७ वेपत्ता

हेटौडा न्युज
१४ भाद्र २०७७, आईतवार १२:२७
;

कालिकोट । कालिकोटको तिलागुफा नगरपालिका–१ नाग्ममा पहिरो जाँदा १ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

घाइतेहरुको उद्धार गरी उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको प्रहरीले जनाएको छ । ७ जनाभन्दा बढी स्थानीय वेपत्ता रहेको अनुमान गरिएको छ ।

आइतबार बिहान कालिकोट र जुम्लाको सीमानामा रहेको नाग्म बजारमा खसेको पहिरोमा पाँच घर पुरिएका छन् ।

टेलिफोनको समेत सुविधा नरहेको उक्त बजारमा पहिरोबाट भएको क्षतिको एकिन विवरण आउन बाँकी छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*