स्वास्थ्यकर्मीलाई निःशुल्क बस सेवा

हेटौडा न्युज
१४ भाद्र २०७७, आईतवार १३:०४
;

काठमाडौं । उपत्यकाका अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीका लागि आजदेखि निःशुल्क बससेवा सुरु गरिएको छ ।

नेपाल मेडिकल एशोसियशन, रोटरी क्बल अफ काठमाडौँ हेल्थ प्रोफेसनल्स, नेपाल नेशनल अस्पताल कलङ्की, नेपाल स्काउट र उच्च शिक्षालय तथा माध्यामिक विद्यालय सङ्घ नेपाल (सान)को सहकार्यमा निःशुल्क बससेवा सुरु गरिएको हो ।

अस्पतालमा कार्यरत कर्मचारी तथा चिकित्सकको सहजताका लागि सुरुमा प्रत्येक दिन तीनवटा बसले सेवा दिएपनि माग र आवश्यकतालाई मध्यनजर गर्दै सेवा र समय बढाउँदै लैजाने एशोसियशनका कार्यकारी सदस्य डा. रितेश थापाले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*