प्रधानाध्यापकलाई अपहरण गर्ने विप्लव समूहका कार्यकर्ता पक्राउ
सिन्धुली । प्रधानाध्यापकलाई अपहरण गरेको आरोपमा नेक्रविक्रम चन्द (विप्लव) समूहका एक कार्यकर्ता पक्राउ परेका छन् । तीनपाटन गाउँपालिका– ८ बाहुनतिल्पुङमा रहेको भीमसेन आधारभूत विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद भण्डारीलाई अपहरण गरेको आरोपमा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
छात्रवृत्ति वितरण गर्दैगर्दा चन्द समूहको अपहरणमा परेका भण्डारीलाई महिलासहितको ११ जनाको समूहले लायोगाउँसम्म पुर्याएको जनाईएको छ ।
प्रहरीले खोजी थालेको जानकारी पाएपछि चन्द समूह शिक्षकलाई छोडेर फरार भएका थिए । महिलालाई दुई सकेटबम र एउटा सुतली बमसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।










