३ दिनभित्र गलत निर्णय फिर्ता लिन इस्टु मकवानपुरको आग्रह

हेटौडा न्युज
१४ भाद्र २०७७, आईतवार १४:३३
;

मकवानपुर । संस्थागत विद्यालय शिक्षक, कर्मचारी युनियन (इस्टु) मकवानपुरले शिक्षकहरुलाई तलब दिन नसक्ने भनी जारी गरेको विज्ञप्ती प्रति ध्यानाकर्षण भएको जनाउँदै तीन दिन भित्र सो विज्ञाप्ती फिर्ता लिन आग्रह गरेको छ । नीजि तथा आवसीय विद्यालयहरुको संगठन (प्याब्सन) र हेटौँडा उपमहानगर समितिद्वारा जारी प्रेस विज्ञप्ति प्रती यस युनियनको गम्भीर ध्यानाकर्षण भएको भन्दै ३ दिनभित्र उक्त गलत निर्णय फिर्ता लिन माग गरेको हो ।
गत असार ३१ गते प्याब्सन र एन. प्याब्सन केन्द्रले देशभरका संस्थागत विद्यालयका शिक्षककर्मचारीलाई बेतलबी घरबिदामा राखेर अनलाइन कक्षाहरू बन्द गर्ने निर्णय गर्दै गर्दा देशव्यापी रूपमा इस्टु आन्दोलित भएको र जसका कारण गलत निर्णय फिर्ता लिन प्याब्सन, एन. प्याब्सन बाध्य भई दुई पक्षबीच राष्ट्रियस्तरमा बेतलबी घरबिदाको निर्णय फिर्ता लिने, २०७६ चैतसम्मको तलब तत्काल भुक्तानी गर्ने र २०७७ वैशाखदेखिको तलब व्यावहारिक रूपमा चुक्ता गर्दै जाने सहमति भएको थियो।

सो सहमति कार्यान्वयनमा प्याब्सन मकवावुरले गम्भीर लापर्वाही गर्दै एकतफि रुपमा जारी गरिएको विज्ञप्तिले आक्रोशित बनाएको इस्टु मकवानपुरले जनाएको छ । इस्टु मकवानपुरका अनुसार कतिपय नीजि विद्यालयहरुले गत चैत्र मसान्तसम्मको तलबसमेत भुक्तानी नगरेको, शिक्षककर्मचारीलाई सेवाबाट निश्कासन गरेको आरोप लगाएको छ ।

साथै इस्टुले सो विज्ञप्ती फिर्ता नगरी युनियनलाई जिस्काउने तथा चिढ्याउने काम नगर्नसमेत चेतावनी दिएको छ । तोकिएको समयभित्र निर्णय फिर्ता लिन र छलफल र संवादको माध्यमबाट समस्याको समाधान खोज्न स्थानीय सरकार, जिल्लास्तरीय नियमनकारी निकायका साथै अभिभावक सङ्घ, सङ्गठनसमक्ष युनियनले अपिल गरेको छ ।

प्रेस विज्ञप्ति इस्टु

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*