किशोरीमाथि सामुहिक बलात्कार, ४ जना पक्राउ
धनगढी । १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कारको आरोपमा चार जना पक्राउ परेका छन् । पीडित बालिकाको जाहेरीका आधारमा जानकी गाउँपालिका–९ पूर्व खैरीफाँटा बस्ने १८ वर्षीय लोकेन्द्र रावत, वर्ष १८ कै कुमार कडारा, वर्ष १८ कै शंकर विश्वकर्मा र वर्ष २० को दिपक कडारालाई प्रहरीले पक्राउ गरेको हो ।
कैलालीको टीकापुरमा स्थानीय चार युवाहरुले खेतमा लगेर जबरजस्ति करणी गरेको आरोपमा चार जनालाई आइतबार पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरु विरुद्ध जबरजस्ती करणीमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।