होम आइसोलेसनमा बसेका एक पुरुषको मृत्यु
काठमाडौं । होम आइसोलेसनमा बसेका एक पुरुषको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–१ दूधपाटीका ६५ वर्षीय पुरुषको आइतबार मृत्यु भएको हो ।
उच्च रक्तचाप र महुमेहको समस्या देखिएका ति पुरुषमा कोरोना संक्रमणको लक्षण भने देखिएको थिएन ।
ती पुरुष कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका थिए।










