कोरोना परीक्षणको शुल्क ११ सय घट्यो
काठमाडौं । नेपालमा कोरोना भाइरस परीक्षणको शुल्क घटेको छ । परिक्षणको लागि यसअघि सरकारले ५५ सय रुपैयाँसम्म लिन पाउने व्यवस्था गरेको थियो । अब ४४ सयमा पीसीआर परीक्षण गराउन सकिन्छ।
सँगै सरकारले लक्षण देखिएका व्यक्तिको मात्र कोरोना परीक्षण निःशुल्क गर्ने भएको छ ।
लक्षण नदेखिएका व्यक्तिले भने सरकारले अनुमति दिएका अस्पतालमा गएर शुल्क तिरेर परीक्षण गराउनु पर्नेछ ।










