काठमाडौं । नेपालमा थप १ हजार २ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर अहिलेसम्मकै धेरै संक्रमित थपिए हुन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३८ हजार ५ सय ६१ पुगेको छ ।
हालसम्म ५४ प्रतिशत कोरोना संक्रमित निको भएका छन् ।