भक्तपुरमा थप दुई जना कोरोना संक्रमितको मृत्यु
भक्तपुर । भक्तपुरमा कोरोना भाइरस संक्रमणका कारण थप दुई जनाको मृत्यु् भएको छ । मृत्यु हुनेमा पाल्पा स्थायी घर भइ मध्यपुरथिमि नगरपालिका १ लोकन्थलीका ७७ वर्षीय पुरुषको समिट अस्पतालमा मृत्यु भएको हो ।
आइतबार दिउँसो श्वासप्रश्वासको समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना भएका थिए ।
त्यस्तै उच्च रक्तचाप र मधुमेहलगायतको औषधि खाइरहेका कोरोना संक्रमित भक्तपुर नगरपालिक–१ दूधपाटीका ६५ वर्षीय पुरुषको शनिबार राति होम आइसोलेशनमा मृत्यु भएको थियो ।
स्वासप्रश्वासमा समस्या भएपछि गएको ११ गते बिहीबार पीसीआर परीक्षण गरेको र १२ गते शुक्रबार आएको रिपोर्टमा सङ्क्रमण पुष्टि भएको हो ।
भक्तपुरमा अहिलेसम्म चार महिला र चार पुरुष गरी आठ जनाको मृत्यु भइसकेको छ ।










