दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं । सुनसरीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भोक्राहा नरसिंह गाँउपालिका–४ स्थित राजमार्गमा पिकअपको ठक्करबाट मोटरसाइकल चालक भोक्राहा नरसिंह –६ बस्ने २६ वर्षीय जगदेव मेहताको मृत्यु भएको हो ।
पश्चिमतर्फ जाँदै गरेको बा २१ च ५६९४ नम्बरको पिकअप गाडीले विपरीत दिशाबाट आइरहेको को ३८ प ३४६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि गम्भीर घाइते भएका मोटरसाइकल चालकको उपचारको क्रममा मृत्यु भएको हो ।
ठक्कर दिने गाडी र चालक सिन्धुली बस्ने सन्तबहादुर पुलामी मगर नियन्त्रणमा लिइ थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।