भरतपुरका थप एक कोरोना संक्रमितको मृत्यु

हेटौडा न्युज
१५ भाद्र २०७७, सोमबार ११:१८
;

चितवन । भरतपुर अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–६ का ७८ वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको भरतपुर अस्पतालका कोभिड–१९ क्लिनिकल टिमका कोअर्डिनेटर डा.प्रमोद पौडेलले जनाएको छ ।

ती व्यक्तिमा भदौ २ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

कोभिड–१९ आईसीयूमा भेन्टिलेटरमा राखेर उपचार गरे पनि बचाउन नसकिएको अस्पतालले उल्लेख गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*