बलात्कारको आरोपमा बकैँयाका रुम्बा पक्राउ

हेटौडा न्युज
१५ भाद्र २०७७, सोमबार ११:५१
;

मकवानपुर । बलात्कारको आरोपमा मकवानपुरको बकैँया गाउँपालिकाका एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा बकैँया गाउँपालिका– ६ ज्यामिरेका २४ वर्षीय सूर्य बहादुर रुम्बा रहेका छन् ।

रुम्बालाई स्थानीय एक महिलालाई बलात्कार गरेको भन्ने उजुरीको आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पक्राउ परेका रुम्बालाई जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याइएको प्रहरी प्रवक्ता डिएसपी इन्द्र बहादुर रानाले जानकारी दिएका छन् ।

पक्राउ परेका रुम्बामाथि थप अनुसन्धान भइरहेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*