चिपर्ट प्रहारबाट हेटौंडाका एक जना घाइते
मकवानपुर । चिपर्ट प्रहारबाट हेटौंडाका एक जना घाइते भएका छन् । घाइते हुनेमा हेटौंडा–१७ दियाल दमारका ३६ वर्षीय सूर्यबहादुर स्याङ्बो रहेका छन् ।
सामान्य विवादमा स्थानीय ४० बर्षीय सोमबहादुर वाईवा र ३६ बर्षीय मिलन मोक्तानले चिपर्ट र धारिलो हतियारले टाउकोमा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
घटनाको खबर आएपछि अस्थायी प्रहरी पोष्ट हटियाको टोली घटना स्थलमा पुगेको थियो ।
घाइते स्याङबोको चुरेहिल अस्पतालमा उपचार भईरहेको जनाइएको छ ।
घटनामा संलग्नहरु फरार रहेको र उनीहरुको खोजी भईरहेको प्रहरीले जनाएको छ ।










