हेटौंडाका १० सहित थप १३ जनामा कोरोना पुष्टि

हेटौडा न्युज
१५ भाद्र २०७७, सोमबार १३:०७
;

मकवानपुर । हेटौंडाका १० सहित १३ जनामा कोरोना पुष्टि भएको छ । हेटौंडा -१० स्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा हिजो आइतबार गरीएको परिक्षणमा १३ जनामा कोरोना पुष्टि भएको हो ।

हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईका अनुसार कोरोना पुष्टि हुनेमा हेटौडा उपमहानगरका ४ जना पुरुष र ६ जना महिला गरी १० जना रहेका छन्, भने जिल्ला बाहिरका ३ जना रहेका छन्, ।

संक्रमितहरुको विवरणः

हेटौंडा– ५ का १ जना (७० वर्षीया महिला)
हेटौंडा–१७ का १ जना (६३ वर्षीय पुरुष)
हेटौंडा–१९ का का ८ जना (८, १६, २५, ३१, ३९ वर्षीया महिला र १३, १४, १६ वर्षीय पुरुष)

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*