कोरोना संक्रमितले अस्पतालबाट हाम फालेपछि……
काठमाडौं । भारतमा एक कोरोना संक्रमितले अस्पतालको पहिलो तलाबट हाम फालेका छन् । उक्त व्यक्ति हाम फाल्न लागेको देखेर रोक्ने प्रयाश गरेपनि उक्त व्यक्तिले नमानिकन हाम फालेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
जसका कारण उनी गम्भीर घाईते भएको बताइएको छ । यो घटना दरेसी ग्राउण्ड क्षेत्रको भएको बताइएको छ ।
कोरोना परीक्षणका क्रममा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
उनले आईतवार साँझ आत्महत्या गर्छु भनेर त्यहाँ बाट हाम फालेको भारतीय सञ्चारमाध्यमहरले बताएका छन् ।










