निषेधाज्ञामा वडाध्यक्ष नै आन्दोलनमा !
झापा । निषेधाज्ञामा वडा अध्यक्ष नै आन्दोलनमा उत्रिएका छन् । कोभिड–१९ को बढ्दो सङ्क्रमणका कारण झापाका विभिन्न सात वटा पालिकामा कतै आंशिक त कतै पूर्णरुपमा निषेधाज्ञा जारी गरिएको छ ।
तर कचनकवल गाउँपालिकमा भने नेतृत्वले वडागत बजेट विनियोजन गर्दा विभेद गरेको आरोप लगाउँदै जनप्रतिनिधिसहित स्थानीयबासी आन्दोलनमा उत्रिएका हुन् ।
उनीहरुले गाउँपालिकाको निर्णय सच्याउन माग राखेर दुई पटकसम्म यसअघि गाउँपालिकामा तालाबन्दी गरेका थिए ।










