दलित महिलामाथि निर्घात कुटपिट

हेटौडा न्युज
१५ भाद्र २०७७, सोमबार १५:४४
;

महोत्तरी । महोत्तरीको औरहीमा एक दलित महिलामाथि निर्घात कुटपिट गरिएको छ । ऋण फिर्ता नदिएको भन्दै औरही नगरपालिका १ औरही बजारकी ६५ वर्षीया महिलामाथि कुटपिट गरिएको हो ।

सोमबार बिहान ऋण फिर्ता माग्दै घरमा आएका स्थानीय विजय चौधरी, सन्तोष चौधरीलगायतले महिलालाई निर्धात कुटपिट गरेका हुन् ।

घटनापछि पीडित उजुरी दर्ताका लागि प्रहरी चौकी औरही गए पनि उजुरी दर्ता नभएको बताइएको छ ।

तर  घटनाको सम्बन्धमा पीडित पक्षबाट उजुरी नआएको महोत्तरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश विष्टले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*