कोरोना संक्रमणबाट नेपालमा पहिलो पटक स्वास्थ्यकर्मीको मृत्यु
काठमाडौं । कोरोना भाइरस संक्रमणबाट नेपालमा पहिलो पटक स्वास्थ्यकर्मीको मृत्यु भएको छ।
महोत्तरीको मनरा सिसवा–४ का ३७ वर्षीय हेल्थ असिस्टेन्टको उपचारका लागि काठमाडौं ल्याउने क्रममा भदौ १० गते बाटैमा मृत्यु भएको हो ।
मृत्यु भइसकेपछि उनलाई ललितपुरस्थित बयोधा अस्पताल लगिएको थियो । अस्पतालले कोरोना परीक्षणका लागि उनको स्वाब एक नीजि क्लिनिकमा पठाएकोमा कोरोना पोजेटिभ देखिएको बयोधा अस्पतालले जनाएको छ ।
मृतक स्वास्थ्यकर्मीको त्यही दिन नै अन्त्येष्टि गरिएको थियो।