कोरोना संक्रमणबाट ४ वर्षीया बालिकासहित थप ७ जनाको मृत्यु

हेटौडा न्युज
१५ भाद्र २०७७, सोमबार १६:४९
;

काठमाडौं । देशभर आज कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएसँगै मृतकको संख्या २ सय २८ पुगेको छ ।

स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ४ वर्षीय बालिकासहित ७ जनाको मृत्यु भएको छ । मृतकमा गोरखा र रुपन्देहीका २ महिला रहेका छन् ।

यस्तै झापा, रौतहट, चितवन र भक्तपुरका पनि १–१ जनासहित ४ पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*