पुजारी हत्या प्रकरणः हत्यामा संलग्न आरोपी दुई जना पक्राउ

हेटौडा न्युज
१५ भाद्र २०७७, सोमबार १७:०४
;

काठमाडौं । पुजारी हत्या प्रकरणमा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन् । रौतहटको माधवनारायण नगरपालिका–२, खेसरहियास्थित हनुमान मन्दिरका पुजारी श्रीराम शाहको हत्यामा संलग्न देवाही गोनाही नगरपालिकाका रामनरेश पटेल र बालकुमार पटेल पक्राउ परेका हुन् ।

भारतीय प्रहरीको सहयोगमा बिहारबाट उनीहरुलाई पक्राउ गरेर प्रहरीले रौतहट ल्याएको हो ।

हत्या आरोपी देवाही गोदाही नगरपालिका–१ का वडाध्यक्ष शेख नरुल्लाह, राजेन्द्र पटेल, कहिल पटेल र रामप्रवेश पटेल फरार छन् ।

गत ३ भदौमा राति खाना खान बसेका बेला पुजारी साहको अज्ञात व्यक्तिले गोली हानी हत्या गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*