हेटौँडाका थप दुई जनामा कोरोना संक्रमण पुष्टि
मकवानपुर । हेटौँडाका थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवनको भरतपुरमा रहेको चितवन मेडिकल कलेजको स्वाब संकलन केन्द्रबाट संकलित २ जनामा कोरोना पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेहरुमा हेटौंडा–११ का ६० बर्षीय एक पुरूष
र हेटौंडा–१५ की ५२ वर्षीया रहेकी छिन्। सोमबार बेलुकी गरिएको परिक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो ।
परिक्षणमा चितवन सहित अन्य जिल्लाका २९ जनामा कोरोना पुष्टि भएको जनाइएको छ ।