भारतमा ६९ हजारबढी कोरोना संक्रमित थपिए

हेटौडा न्युज
१६ भाद्र २०७७, मंगलवार ११:३८
;

काठमाडौं । भारतमा एकैदिन ६९ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । भारतमा पछिल्लो २४ घण्टाम ६९ हजार नौ सय २१ कोरोना संक्रमित थपिएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ८ सय १९ जना संक्रमितको मृत्यु भएको छ । यसका साथै भारतमा कोरोना संक्रमितको संख्या ३६ लाख ९१ हजार एक सय ६७ पुगेको छ ।

कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म ६५ हजार दुई सय ८८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यस्तै २८ लाख ३९ हजार आठ सय ८३ जना कोरोनामुक्त भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*