रौतहटका युवकको भारतमा गोली हानी हत्या

हेटौडा न्युज
१६ भाद्र २०७७, मंगलवार १२:०९
;

रौतहट । रौतहटका एक युवकको सीमावर्ती भारतीय क्षेत्रमा गोली हानी हत्या भएको प्रहरीले जनाएको छ । रौतहटको इशनाथ नगरपालिका–७ घिउरा गाउँका ३५ वर्षीय दिनदयाल साहको गोली हानी भएको हो ।

सीमावर्ती भारत बिहार घोडाशहन क्षेत्रमा साहको कन्चटमा गोली हानी हत्या भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रहरीका अनुसार, हत्याको कारण भन्ने खुल्न सकेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*