कोरोना संंक्रमणबाट पूर्वन्यायाधीशको मृत्यु

हेटौडा न्युज
१६ भाद्र २०७७, मंगलवार १२:५४
;

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट पूर्वन्यायाधीशको मृत्यु भएको छ । मुटु रोगको उपचार गराइरहेका बेला आज बिहान ७० वर्षीय माधवप्रसाद चालिसे मृत्यु भएको हो ।

काठमाडौं महानगरपालिका– ३ का उनी २०७० साल असार २५ गते तत्कालीन पुनरावेदन अदालत पोखराका मुख्य न्यायाधीशबाट रिटायर्ड भएका थिए ।

उनी पाँच दिन अघि शहिद गंगालाल अस्पतालमा भर्ना भएका थिए । चालिसेको उपचारकै क्रममा कोरोना भाइरस देखिएको थियो ।

उनको शवलाई नेपाली सेनाको टोलीले अन्त्येष्टि गर्ने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*