लमजुङमा तितेपातीको तेल उत्पादन, एक लिटरकै मूल्य ८ हजार

लमजुङ । लमजुङको क्वहोलासोंथर गाउँपालिका ८ घाम्राङबेसीमा तितेपातीको व्यवसायिक तेल उत्पादन सुरु भएको छ ।
घाम्राङबेसीमा रहेको हिमालयन हर्ब सेन्टरले आधुनिक प्रविधि स्टिम डिस्टिलेसन सिस्टमबाट तितेपातीको तेल उत्पादन सुरु गरेको हो ।
गत वर्ष परीक्षण गरिएको र यस वर्षदेखि तितेपातीबाट तेल उत्पादन गरिएको हिमालयन हर्ब सेन्टरका अध्यक्ष गमप्रसाद गुरुङले बताए ।
एक हप्ताको अवधिमा ८ लिटर तितेपातीको तेल उत्पादन भएको उनले बताए । एक लिटर तेलको ६/८ हजार रुपैयाँसम्म पर्ने जनाइएको छ ।
विशेषगरी तितेपातीको तेल युरोपका बजारमा माग उच्च रहेको छ ।