लद्दाख सीमा क्षेत्रमा चीनले १ हजार वर्ग किमी क्षेत्र कब्जा गरेको भारतको दाबी
काठमाडौं । भारत र चीनको सीमा क्षेत्र लद्दाखमा दुई देशका सैनिकबीच तनाव बढेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।
भारतीय भूमिमा आएका चीनका सैनिकलाई भगाउन सफल भएको उल्लेख गर्दै सञ्चारमाध्यमले दाबी गरेका छन् ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले विज्ञप्तिमार्फत भारतको कदमको कडा शब्दमा विरोध गर्नुभएको बीबीसीले जनाएको छ ।
यसैबीच भारतले लद्दाखको वास्तविक सीमा नियन्त्रण रेखा (एलएसी) मा झण्डै एक हजार वर्ग किलोमिटर क्षेत्र चीनले कब्जा गरेको दाबी गरेको छ ।
चीनले भने आफ्नो सैनिकले एलएसी पार गरेको खबरको खण्डन गरेको थियो ।