चितवनमा जिप दुर्घटना, ६ जना घाइते

चितवन । चितवनमा जिप दुर्घटना हुँदा छ जना घाइते भएका छन् । चितवनको नारायणगढबजारस्थित सहिदचोकमा जीप पल्टँदा छजना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीका अनुसार लु२च ६००५ नम्बरको जीप सहिदचोकमा अनियन्त्रित भइ दुर्घटना भएको हो।
भैरहवाको लुम्बिनीबाट क्यान्सरको बिरामी बोकेर आउदै गरेको सो जिप सडकमा रहेको डिभाइडरमा ठोक्किएर अनियन्त्रित भइ पल्टिएको थियो ।
घाइतेको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।