कोरोना संक्रमणका कारण हेटौंडाका थिङको मृत्यु

हेटौडा न्युज
१६ भाद्र २०७७, मंगलवार १५:४६
;

मकवानपुर । कोरोना संक्रमणका कारण मकवानपुरका थप एक जनाको मृत्यु भएको छ । चितवनको भरतपुरमा उपचारका क्रममा मकवानपुरको हेटौंडा उपमहानगरपालिका १५ नम्बर वडाका राम बहादुर थिङको मृत्यु भएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ का सदस्य थिङको कोरोना संक्रमणको कारण मृत्यु भएको जनाइएको छ ।

५८ वर्षीय थिङको स्वास्थ्यमा समस्या देखिएक पछि उपचारका लागि भरतपुर लगिएको थियो । चितवन मेडिकल कलेजमा उपचारका क्रममा थिङको मृत्यु भएको हो ।

उनको म‌ंगलबार बिहान कोभिड सघन उपचार कक्षमा मृत्यु भएको थियो ।
ज्वरो र खोकी आएका कारण भदौ १४ गते अस्पतालमा भर्ना भएका उनको १५ गते कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*