थप १ हजार ६९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४० हजार नाघ्यो

हेटौडा न्युज
१६ भाद्र २०७७, मंगलवार १६:३४
;

काठमाडौं । नेपालमा थप १ हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ६९ थपिएसँगै संक्रमितको संख्या ४० हजार ५ सय २९ पुगेको छ ।

देशभर ७ हजार २ सय  ८० जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घन्टामा थप ७ सय ६८ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म  २२ हजार १ सय  ७८ उपचारपछि निको भएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*