हेटौंडाको बर्जर पेन्टमा कार्यरत ११ जनामा कोरोना संक्रमण पुष्टि

हेटौडा न्युज
१६ भाद्र २०७७, मंगलवार १७:३२
;

मकवानपुर । हेटौंडा औद्योगिक क्षेत्रमा रहेको बहुराष्ट्रिय कम्पनी बर्जर पेन्टमा कार्यरत ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौंको विएनबी अस्पतालको प्राविधिक टोलीद्वारा गरिएको परिक्षणमा ११ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

हेटौंडा उपमहानगरपालिकाका स्वास्थ्य अधिकृत भोला प्रसाद चौलागाईका अनुसार परीक्षण गरिएकामध्ये ११ जनाको रिपोर्ट पोजेटिभ र १ सय २८ जनाको रिपोर्ट नेगेटिभ आएको हो ।

प्राप्त जानकारी अनुसार उनीहरुसहित शंकास्पद थप १४ जनालाई हाल हेटौंडामा रहेको सुर्यांश होटेलमा राखिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*