ढुङ्गाले लागेर आमाको मृत्यु, छोरी गम्भीर घाइते

हेटौडा न्युज
१७ भाद्र २०७७, बुधबार ११:२८
;

तानसेन । पाल्पामा पहाडबाट खसेको ढुङ्गाले लागेर पाल्पामा एक महिलाको मृत्यु भएको छ । अविरल वर्षासँगै खसेको ढुङ्गाले लागेर अर्का गम्भीर एक जना घाइते भएकी छिन् ।

ढुङ्गाले लागेर माथागढी गाउँपालिका–७ रहवासकी २९ वर्षीय समिक्षा चौहानको मृत्यु भएको हो ।

ढुङ्गाले किचेर गम्भीर भएकी समिक्षाकी ३ वर्षीया छोरी करिष्मा चौहानको सिटि अस्पताल बुटवलमा उपचार भइरहको छ ।

उनको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*