विर अस्पतालका ७१ जनामा कोरोना देखिएपछि ओपीडी सेवा बन्द

हेटौडा न्युज
१७ भाद्र २०७७, बुधबार १३:०२
;

काठमाडौं । वीर अस्पतालका डाक्टर र नर्स गरी ७१ जनामा कोरोना संक्रमण देखिएपछि ओपीडी सेवा बन्द भएको छ । बुधवार र बिहीवार गरी दुई दिनका लागि सेवा बन्द गरिएको हो ।

अस्पतालका कार्यकारी निर्देशक केदारप्रसाद सेन्चुरीका अनुसार अस्पतालका कर्मचारी र स्वास्थ्यकर्मी गरी ७१ जनामा संक्रमण देखिएपछि ल्याब, फार्मेसी, आकस्मिक कक्ष र वार्ड बन्द गर्नु परेको छ । अरु ७५ जना स्वास्थ्यर्मी क्वारेन्टाइनमा रहेको छन्।

७१ जनामा संक्रमण नै पुष्टि भएको र ७५ जना क्वारेन्टाइनमा बस्नु परेकाले सेवा प्रभावित भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*