७ वर्षीया छोरी बलात्कारको आरोपमा ४० वर्षीय बाबु पक्राउ
काठमाडौं । सात वर्षीया छोरीमाथि बलात्कारको आरोपमा ४० वर्षीय बाबु पक्राउ परेका छन् ।
पीडितको परिचय खुल्ने भएकाले पक्राउ पर्ने व्यक्तिको नाम खुलाइएको छैन ।
आमाले जबरजस्तीकरणी सम्बन्धी कसूरमा किटानी जाहेरी दिएपछि उनलाई महानगरीय प्रहरी वृत्त, बानेश्वरले मंगलबार साँझ पक्राउ गरेको हो ।
पक्राउ गरेर अनुसन्धान थालिएको छ ।










