कोरोना संक्रमणबाट ७० वर्षीया महिलाको मृत्यु
कपिलवस्तु । कोरोना संक्रमणबाट कपिलवस्तुकी ७० वर्षीया महिलाको मृत्यु भएको छ ।
कृष्णनगर नगरपालिका–११ की ७० वर्षीया सोनमती कुर्मीको मृत्यु भएको हो ।
गत भदौ ७ गते उनमा कोरोना पोजेटिभ देखिएपछि उपचारका लागि बुटवलमा रहेको प्रादेशिक अस्पतालमा लगिएको थियो ।
उपचारकै क्रममा आज बिहान उनको मृत्यु भएको जनाइएको छ ।
मृतक महिलामा ज्वरो, स्वास–प्रश्वास समस्या र उच्च रक्त रक्तचापको समस्या रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।










