चीनसँगको झडपमा भारतीय सैनिकको मृत्यु

हेटौडा न्युज
१७ भाद्र २०७७, बुधबार १४:२६
;

काठमाडौं । भारत–चीन सीमाक्षेत्रमा भएको पछिल्लो झडपमा भारतको विशेष सुरक्षा बलका एक सैनिकको मृत्यु भएको छ । द गार्जियनले उल्लेख गरे अनुसार शनिबार राति भएको झडपमा परी उनको मृत्यु भएको हो ।

दुई महिनाअघि दुई मुलुकका सैनिकको बीचमा भएको झडपमा परी कम्तीमा २० भारतीय सैनिकको मृत्यु भएको थियो ।

दुवै पक्षले आधिकारिक रुपमा यो झडपमा भएको हताहतीको विषयमा कुनै जानकारी दिएका छैनन् ।

पछिल्लो समय तनाव बढेसँगै दुवै मुलुकले सीमा क्षेत्रमा हजारौं सैनिक खटाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*