२८ वर्षीय पुरुषको घाँटी काटेर हत्या

हेटौडा न्युज
१७ भाद्र २०७७, बुधबार १५:३०
;

झापा । झापामा एक जना पुरुषको शव फेला परेको छ । शिवसताक्षी नगरपालिकास्थित बजारबाट एक किलोमिटर उत्तर रतुवामाई वृक्षरोपण आयोजनाको जंगलमा
घाँटी काटिएको अवस्थामा २८ वर्षीय गोमान मगरको शव फेला परेको हो ।

मगरको शवलाई पोष्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको छ ।

स्रोतका अनुसार मगर एक जना साथीले बोलाएपछि मंगलबार साँझ साढे ६ बजे घरबाट निस्किएका थिए ।

प्रहरीले घटनास्थलबाट एउटा मोटरसाइकल पनि बरामद गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*