एक्साभेटर आगजनीको आरोपमा विप्लव कार्यकर्ता पक्राउ

हेटौडा न्युज
१७ भाद्र २०७७, बुधबार १५:४२
;

नुवाकोट । एक्स्काभेटरमा आगजनी गरेको आरोपमा नेत्रविक्रम चन्द समूहका एक कार्यकर्ता पक्राउ परेका छन् ।

नुवाकोटमा बाटो खन्न प्रयोग गरिएको एक्स्काभेटरमा आगजनी गरेको आरोपमा बेलकोटगढी नगरपालिका–१३ बाराहीका रामराजा पाण्डेलाई पक्राउ गरेको हो ।

गत भदौ ७ गते बाराहीस्थित सडकको किनारमा पार्किङ गरिएको बा२क २२६० नम्बारको एक्स्काभेटरमा आगजनी भएको थियो ।

घटनामा संलग्न बेलकोटगढी–३ का चन्द्रबहादुर तामाङ भने फरार रहेको प्रहरीको भनाई छ ।

घटनास्थलमा चन्द समूहको पर्चासमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*