घाँटीमा हसिया प्रहार गरी श्रीमतीको हत्या
अछाम । अछाममा घरायसी विवादमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । साँफेबगर नगरपालिका–१३ बाब्लाका दिपकबहादुर कुँवरले श्रीमती धना देवी कुँवरको हत्या गरेको हो ।
घरायसी विवादका कारण कुँवरले गोठालो गएकी श्रीमतीको घाँटीमा हसिया प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
घटनाको अनुन्धान भइरहेको प्रहरीले जनाएको छ ।










