आफ्नै छोरी बलात्कारको आरोपमा काठमाडौंबाट एक जना पक्राउ
काठमाडौं। आफ्नै छोरी बलात्कारको आरोपमा काठमाडौंको शंखमुलबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरी टोलीले मंगलबार राति आफ्नै ७ वर्षीया छोरी बलात्कार गरेको अभियोगमा काठमाडौं महानगरपालिका–३१ शंखमुलका एक जनालाई पक्राउ गरेको हो ।
प्रकाउ पर्नेमा शंखमुल बस्ने ४० वर्षीय एक पुरुष रहेको प्रहरीले जनाएको छ ।
आफ्नै छोरीलाई पटक–पटक बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ उनलाई पक्राउ गरेको प्रहरीको भनाई छ ।
घटनाबारे थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।










