हेटौंडाका २० सहित मकवानपुरका थप २१ जनामा कोरोना पुष्टि

मकवानपुर । हेटौंडाका २० सहित मकवानपुरमा थप २१ जनामा कोरोना पुष्टि भएको छ । रोग अनुसन्धान तथा तालिम केन्द हेटौंडामा १ सय ४० जनाको स्वाब परिक्षण गरिएकोमा मकवानपुरका थप २० जनामा कोरोना पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेहरुमा हेटौंडाका २० जना, मकवानपुर गढी गाउँपालिकाका १ जना र १ जना हेटौंडा बस्ने जिल्ला बाहिरका रहेको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत भोला चौलागाइले जानकारी दिएका छन् ।
संक्रमितहरुको विवरणः
हेटौंडा–१ की १ जना (२२ वर्षीया महिला)
हेटौंडा–२ का १ जना (२८ वर्षीय पुरुष)
हेटौंडा–४ को ५ जना (२४, २५, २९, ३५, ४६ वर्षीय पुरुष)
हेटौंडा–५ का ४ जना (१५, ३०, ४०, ४४ वर्षीया महिला)
हेटौंडा–६ का १ जना (१३ वर्षीया महिला)
हेटौंडा–७ का १ जना (२६ वर्षीया महिला)ं
हेटौंडा–८ का १ जना (३२ वर्षीय पुरुष)
हेटौंडा–१० का १ जना (३५ वर्षीय पुरुष)
हेटौंडा–१६ का १ जना (७ वर्षीय पुरुष)
हेटौंडा–१९ का १ जना (३८ वर्षीय पुरुष)
मकवानपुरगढी–३ का १ जना (२४ वर्षीय पुरुष)
पुष्टि हुनेमा ५ जना पहिला कोरोना पुष्टि भएर पुनः परीक्षणमा पुष्टि भएको चौलागाइले बताए । त्यस्तै हेटौंडा बस्दै आएका बाराका एक जनामा पनि कोरोना पुष्टि भएको हो ।