काठमाण्डौमा थप एक हप्ता निषेधाज्ञा लम्ब्याउने निर्णय

हेटौडा न्युज
१७ भाद्र २०७७, बुधबार १६:३१
;

काठमाण्डौ । काठमाण्डौ उपत्यकामा एक हप्ताका लागि निषेधाज्ञा थपिएको छ । बुधबार बसेको तीन जिल्लाकै प्रमुख जिल्ला अधिकारी र सरोकारवालाबीचको बैठकले थप एक हप्ता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

कोरोना संक्रमण बढ्दै गएकाले थप एक हप्ता कडाइ साथ निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।

अत्यावश्यकबाहेक अन्य क्षेत्रमा लगाइएको रोक भने यथावत रहने निर्णय बैठकले गरेको छ।

उपत्यकामा गत भदौ ३ गते रातिदेखि निषेधाज्ञा जारी रहेको छ । जारी निषेधाज्ञा बुधबार राति १२ बजेदेखि सकिदै गर्दा थप एक हप्ता निषेधाज्ञा थपिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*