कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु, मृतकको संख्या २ सय ५१ पुग्यो

हेटौडा न्युज
१७ भाद्र २०७७, बुधबार १६:५३
;

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै  संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ५१ पुगेको छ ।

मृत्यु हुनेमा ६ महिला र ६ जना पुरुष रहेका छन् । मन्त्रालयका अनुसार चितवनका ५५ र १८, काठमाडौँकी ८९, लतिलपुरकी ७०, तनहुँकी २० र कपिलवस्तुकी ६० वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

त्यस्तै बारा ९७, चितवन ६५, काठमाडौँ ७० र ७५ भक्तपुर ४० धादिङको ४७ वर्षीय पुरुषको मृत्यु भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*