नेपालमा थप १ हजार १ सय २० जनामा कोरोना पुष्टि
काठमाडौं । नेपालमा थप १ हजार १ सय २० जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरीएको परीक्षणमा नेपालमा थप १ हजार १ सय २० जनामा संक्रमण देखिएको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार संक्रमण देखिनेहरुमा ३ सय २० जना महिला र ८ सय जना पुरुष रहेका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ४१ हजार ६ सय ४९ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार १ सय १२ जना डिस्चार्ज भएका छन् भने अहिलेसम्म २३ हजार २ सय ९० जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् ।
संक्रमण देखिनेहरुमा काठमाडौँ उपत्यकामा आज ३ सय ८८ जना रहेका छन् ।
मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार काठमाडौं जिल्लामा ३ सय ५०, ललितपुरमा २९ र भक्तपुरमा ९ जना संक्रमित भेटिएका छन् ।










