बुटवलमा उपचाररत कोरोना संक्रमितको मृत्यु
काठमाडौं । थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । गौतम बुद्ध सामुदायिक मुटु अस्पताल बुटवलमा प्युठानको स्वर्गद्वारी नगरपालिका-७ का ५८ वर्षीय पुरूषको मृत्यु भएको हो ।
गत भदौ १० गतेदेखि अस्पतालको आइसियूमा उपचाररत् ती पुरूषको बुधबार राति मृत्यु भएको अस्पतालले जनाएको छ ।
निमोनिया र कलेजोमा गम्भीर समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए ।
उनको उपचारकै क्रममा १५ गते स्वाब संकलन गरी परीक्षण गर्दा १६ गते कोरोना पोजिटिभ देखिएको थियो ।