बञ्चरो प्रहार गरी बुहारीको हत्या गर्ने जेठाजु पक्राउ

काभ्रे । काभ्रेमा बुहारीलाई बञ्चरो प्रहार गरी हत्या गर्ने जेठाजु पक्राउ परेका छन् । काभ्रेको नमोबुद्ध नगरपालिका–८ दाप्चाबजार नजिकै घरमा रहेकी बुहारी ३५ वर्षीया रन्जना तिमल्सिना (अधिकारी) लाई बञ्चरो प्रहार गरी हत्या गरेको आरोपमा जेठाजु सुदर्शन अधिकारीलाई काभ्रे प्रहरीले पक्राउ गरेको हो ।
सुदर्शन अधिकारीले आँगनमा भाडा माझिरहेको बेला बञ्चरो प्रहार गर्दा रन्जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
घरायसी झै–झगडाको कारण रन्जनाको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसनधानबाट खुलेको छ ।