भक्तपुर । पाटन अस्पतालमा उपचाररत मध्यपुर थिमि नगरपालिका–६ दुवाफल्चाकी कोरोना संक्रमित ४० वर्षीया महिलाको मृत्यु भएको छ ।
भदौ ३ गते अस्पताल भर्ना भएकी ती महिलाको बुधबार राति मृत्यु भएको हो ।
मृगौलापीडित ती महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि अस्पताल लगिएको थियो ।