रुपन्देहीमा २ जना कोरोना संक्रमितको मृत्यु

हेटौडा न्युज
१८ भाद्र २०७७, बिहीबार १२:५२
;

रुपन्देही । रुपन्देहीमा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना पुरुष र एकजना महिला छन् ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका अनुसार रुपन्देहीको सैनामैना नगरपालिका–११ सालझण्डी निवासी ७७ बर्षिय महिलाको आज बिहान मृत्यु भएको हो ।

उक्त महिलामा ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि भदौ १७ गते उपचारका लागि अस्पताल आएकी महिलामा कोरोना पोजेटिभ आएको बताईएको छ ।

यस्तै बुटवलको सामुदायिक मुटु अस्पतालमा उपचाररत प्यूठानको स्वर्गद्धारी नगरपालिका–७ का ५८ बर्षिय पुरुषको बुधवार राती मृत्यु भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*