दक्षिण कोरियामा रहेकी २० वर्षीया नेपाली युवतीमा कोरोना पुष्टि
काठमाडौं । दक्षिण कोरियामा पहिलोपल्ट नेपालीमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । दक्षिण कोरियाको चोङ्ग्नामस्थित हानुल नोंग्सान किम्ची कम्पनीमा कार्यरत २० वर्षीय नेपाली युवतीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
उनीसँगै संक्रमित १७ जनाको उपचार भईरहेको छ भने उनीहरुसँग सम्पर्कमा रहेका अन्य २६ जनालाई आइसोलेसनमा राखिएको छ ।
दक्षिण कोरियामा ५० हजार नेपालीहरु रहेकोमा हालसम्म कोरोना संक्रमण देखिएको यो पहिलो पटक हो ।










